Logo
१२ श्रावण २०८१, शनिबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माछा मार्ने क्रममा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

बुटवल :  अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले प्रहरी चौकी पालिका प्रमुख रामनारायण चौधरीले जानकारी दिएका छन् ।

पाणिनी गाउँपालिका ७ झन्द्रेक कोठामा बस्ने तिमिल्सना माछा मार्ने क्रममा घाईते भई उपचारका क्रममा अस्पताले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्