Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिलिजकै अर्को दिन सलमानको ‘भारत’ भयो अनलाइन लीक

मुम्बई :  यो बुधवारबाट रिलिज भएको फिल्म सलमान खानको फिल्म ‘भारत’ पाइरेसीको मारमा परेको छ । बक्स अफिसमा धमाकेदार इन्ट्री गरेको यो फिल्म रिलिजकै दिन अनलाइन लीक भएको हो ।

बक्स अफिसमा पहिलो दिन ४२ करोड ३० लाखको व्यापार गरेको यो फिल्म एक ह्याकिङका लागि बदनाम साइटले लिक गरिदिएको हो । अनलाइनमा लिक भएपछि यो फिल्मको व्यापारमा घाटा पर्ने अनुमान गरिएको छ ।

सलमान खानका फिल्म यसअघि पनि पाइरेसीको मारमा परेका थिए । यसअघि सलमान खानले फिल्म पाइरेसी हुँदा दुःख व्यक्त गर्दै आएका थिए । एक अन्तर्वार्तामा सलमानले फिल्मले ३ सय करोडभन्दा पनि बढी कमाउने बताएका थिए ।

सलमान खानले हरेक वर्ष ईदको मौका पारेर आफ्ना फिल्म रिलिज गर्ने गर्छन् । सलमानले ईदको फाइदा उठाउने गरेको बताइन्छ । उनका फिल्मले पहिलो दिन नै आक्रामक व्यापार गरेर बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ ।

यो फिल्ममा सलमान खान क्याटरीना कैफ, सुनील ग्रोबर, ज्याकी श्राफ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । नेपालमा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्