Logo
१२ श्रावण २०८१, शनिबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिदिम बजारमा भीषण आगलागी

पाँचथर : पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट नजीकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको छ। आगलागीको कारण र क्षतिबारे खुल्‍न बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्