Logo
११ बैशाख २०८१, मंगलबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा ९ मा पढ्ने किशोरीलाई ३ महिना बन्धक बनाएर सामूहिक बलात्कार

काठमाडौंः प्रदेश २ स्थित धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो ।

बहिनी डराएर घरतिर भाग्न सफल भइन् । ‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो ।’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो । एउटा सुई लगाइदियो त्यसपछि के भयो थाहा छैन ।’

अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्यायो । किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो । किशोरीको हात खुट्टामा दाम्लोले बाँधेको डाम छ ।

शरीरभरी पोलेका फोका छन् । कुटपटको नीलडाम छन् ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्