Logo
१२ श्रावण २०८१, शनिबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एकतामा ‘लफडा’ : नामावली टुंगो लगाउन नेताहरु असफल, मन्त्री-सांसदलाई इन्चार्ज दिन नहुने तर्क

काठमाडौ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी एकताका क्रममा मन्त्री र सांसदलाई जिल्लाको इन्चार्ज र सह-इन्चार्ज बनाउने-नबनाउने मतभेद भएपछि मंगलबारपनि उनीहरुको नामावली टुंगो लगाउन असफल भएको छ।

बैठकले केन्द्रय समितिको कार्यविभाजनबारे बैठक केन्द्रित थियो । नेकपामा ४ सय ४१ सदस्यीय केन्दीय समिति गठन भएपनि करिब एक वर्षदेखि केन्द्रीय सदस्यहरु कामविहीन थिए । साथै मंगलबारकै बैठकले पार्टीको विभिन्न विभागको नेतृत्वसमेत तोक्ने बताइएको थियो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा बसेको सचिवालय बैठकमा मन्त्री र सांसदलाई जिल्लाको जिम्मेवारी दिने-नदिने विषयमा लामो छलफल भएको थियो।

एक सचिवालय सदस्यका अनुसार संस्थापन पक्ष योग्यता र क्षमताका आधारमा मन्त्री र सांसदलाई पनि जिल्लाको इन्चार्ज र सह–इन्चार्ज बनाउनु पर्ने अडानलाई माधवकुमार पक्षले अस्वीकार गरेको थियो।

नेपाल पक्षले पार्टीमा मन्त्री र सांसद नभएकाहरु पनि योग्य रहेकाले उनीहरुलाई जिल्लामा जिम्मेवारी दिनुपर्ने अडान लिएपछि सोमबार उनीहरुबारे सूची तयार गर्ने पूर्व योजना असफल भएको हो।

सोमबार उत्पन्न मतभेद समाधानका लागि नेकपाले मंगलबार १२ बजे फेरी सचिवालय बैठक बोलाएको छ। नेकपामा नीति तथा विचार, तल्लो तहको एकता प्रक्रिया, राजनीतिक प्रतिवेदन, सरकार सञ्चालनको तरिका, सत्ताको नेतृत्व लगायत विषयमा गम्भीर मतभेद देखिएको छ।

खासगरी शीर्ष नेतामा त्यस्तो मतभेदले आह्वान गरिएका बैठकहरु स्थगित हुँदै आएका छन्। सोमबारको सचिवालय बैठकको एजेण्डा तय गर्न र उत्पन्न मतभेद मत्थर पार्ने प्रयासमा अध्यक्षद्वय ओली र दाहालले पछिल्ला तीन दिनमा तीन पटक घण्टौँ छलफलमा जुटेपनि त्यो अर्थहिन बन्न पुगेको छ।

मंगलबार बिहान पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहितको बैठक बसेको थियो। बैठकमा संगठन कुन विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा छलफल भएको थियो। तर छलफलमा उक्त विषयमा निष्कर्ष निष्कन सकेको सकेन।

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्