Logo
१२ श्रावण २०८१, शनिबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेवनानमा एक बन्दुकधारीले गरे ४ सुरक्षा अधिकारीको हत्या

त्रिपोली :  लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी ४ सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यस आक्रमणमा परी २ सैनिक र २ आन्तरिक सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सैनिक स्रोतले आफ्ना २ सदस्य मारिएको पुष्टि गरेको थियो ।

बन्दुकधारीले के कारणले सो आक्रमण गरेको सो भन्ने तत्काल प्रष्ट भएको छैन । तर हाल मात्र कारागारबाट मुक्त भएका एक लडाकूले सो आक्रमण गरेको हुनसक्ने सुरक्षा अधिकारहीहरुको दाबी छ ।

मुसलमान समुदायको वर्त अर्थात रम्जानको यस महिनामा इद अल फित्रको पहिलो दिनको तयारी भइरहेको अवस्थामा आक्रमण भएको थियो । सिरियाको छिमेकमा रहेको यस देशमा केही वर्षयता सुरक्षाको अवस्था कमजोर रहेको पाइन्छ । (एएफपी)

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्