Logo
१२ श्रावण २०८१, शनिबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ दिने बेलायती भ्रमणमा ट्रम्प, मेयर खानको गरे ट्वीटरबाट आलोचना

लण्डन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले बेलायतको ३ दिने भ्रमणमा छन् । उनले आफ्नो यो भ्रमणको शुरुवात बेलायतकी महारानी एलिजाबेथसँगको छलफलबाट गरेका छन् ।

उनी सोमबार बेलायत पुगेका हुन् । उनीसँगै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि छन् । ट्रम्प दम्पतीलाई सोमबार बकिङघम प्यालेसमा औपचारिक रुपमा स्वागत गरिएको थियो ।

त्यसपछि उनको सम्मानमा दिवाभोजको आयोजना गरिएको थियो । यो अवसरमा ट्रम्पले ट्विटमा भनेका थिए,‘‘ लण्डनको यात्रा बहुत शानदार ढंगले चलिरहेको छ । पुरै राजपरिवार असल छ र अमेरिका र बेलायतको सम्बन्ध मजबुत रहेको छ ।’’

उनले दुवै देशबीच व्यापार सम्बन्धी ठूलो सम्झौता हुने सम्भावना रहेको छ । डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पको स्वागतमा आयोजित दिवाभोजमा कैयौं व्यञ्जनको व्यवस्था गरिएको थियो । सो समयमा राजकुमार चाल्र्सपनि सहभागी थिए ।

यो भन्दा पहिला ट्रम्पले लण्डनका मेयर सादिक खानलाई आलोचना गरेका थिए । ट्रम्प र सादिक खानको पहिलादेखि नै एक आपसमा सामाजिक सञ्जालमा भनाभन भइरहने गरेको थियो । ट्रम्पले सादिक खानको बारेमा ट्विट गर्दै भने, सादिक खानले लण्डनको मेयरको रुपमा बहुतै बेकारको काम गरेका छन् । उनी अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणले यति धेरै दुःखी छन् जबकि बेलायत र अमेरिकाबीच निकटको सम्बन्ध रहेको छ । उनले मेरो बारेमा ध्यान दिनुभन्दा लण्डनको अपराधको बारेमा ध्यान दिनु राम्रो हो ।’’

यसअघि सादिक खानले ट्विट गर्दै ट्रम्पको स्वागतमा रातो कार्पेट ओछ्याउनु जरुरी छैन भनेका थिए । सादिक खानले ट्विटरमा एक भिडियो पनि रोखेका छन् । त्यसमा उनले डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै महिलाहरुको साथमा कस्तो व्यवहार गर्न आवश्यक छ भन्ने सामग्री राखेका छन् ।

ट्रम्पको विरुद्धमा लण्डनमा विरोध प्रदर्शन पनि भएको थियो । उनी सेन्ट्रल लण्डनस्थित अमेरिकी राजदूतको निवासमा बसेका छन् । लेबर पार्टीका नेता जेरेमी कोरबीनले ट्रम्पको डिनरमा हिस्सा नलिने घोृषणा गरेका थिए । ट्रम्पले आज बेलायतका प्रधानमन्त्री टेरेजा मेसँग दुईपक्षीय वार्ता गर्दैछन् । (बीबीसी)

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्