Logo
११ श्रावण २०८१, शुक्रबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ सीमा क्षेत्रबाट बेपत्ता भएको भारतीय विमान अझै पनि सम्पर्कविहीन

नयाँ दिल्ली :  भारतीय वायुसेनाको बेपत्ता भएको विमानको खोजी अहिलेसम्म पनि जारी रहेको बताइएको छ । यसकालागि स्थल सेनाको पनि सहारा लिइएको छ । वायुसेनाको एएन-३२ विमान आइतबार चीनको सीमा नजिकबाट बेपत्ता भएको थियो ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार रातभरी नै खोजी कार्य जारी रहेको छ । यो खोजी कार्यमा विशेष अपरेसनमा प्रयोग हुने एयरक्राफ्ट सी- १३० , एएन- ३२ एस, एमआई-१७ चौपर र स्थल सेनाका कैयौं आधुनिक हेलिकप्टर सामेल रहेका थिए । यसबाहेक भारतीय वायुसेनाका कैयौं अन्य सरकारी तथा सिभिल एजेन्सीको पनि मद्धत लिइएको छ ।

वायु सेनाका प्रवक्ताले बताए अनुसार रातभर अलग अलग टिमले खोजी कार्य गरिरहेका छन् । भारतका रक्षामन्त्री राजनाथ सिंहले एयर मार्सलका उपप्रमुख राकेश सिंह भदौरियासँग खोजी कार्यका बारेमा जानकारी लिएका थिए । १३ व्यक्ति सहित असमको जोरहाटबाट उडान भरेको एएन-३२ बिमान ३५ मिनेटपछि नै राडारको सम्पर्कबाट बाहिरिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्