राष्ट्रपति कार्यालयमा सोमबार यस्तो देखियो गतिबिधि (फोटोफिचर)
- नागरिक टाइम्स/संवाददाता
२० जेष्ठ २०७६, सोमबार ००:००
सोमबार सितल निवास स्थित राष्ट्रपति कार्यालयमा निकै तडुभडक देखियो । अरु दिन खासै कुनै औपचारिक गतिबिधि नदेखिने राष्ट्रपति कार्यालयमा सोमवार भने निकै चहलपहल देखिन्थ्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ग्वाटेमालाका गैरआवासीय राजदूत जियोभान्नी रेने क्याष्टिल्लो पोलान्कोले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरे भने थाइल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सपथग्रहण पनि गराइन ।
फोटोफिचर :
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रपति भवन शितलनिवासमा थाइल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सपथग्रहण गराउनुहुँदै । तस्वीर : रत्न श्रेष्ठराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार राष्ट्रपति भवन शितलनिवासमा आफनो ओहोदाको प्रमाणपत्र पेश गर्दै नेपालका लागि गणतन्त्र अजरवैजानका गैरआवासीय राजदूत डा अस्राफ सिखालियभ । तस्वीर : रत्न श्रेष्ठ
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफनो ओहोदाको प्रमाणपत्र पेश पछि राष्ट्रपतिसँग तस्वीर लिंदै नेपालका लागि गणतन्त्र ग्वाटेमालाका गैरआवासीय राजदूत जियोभान्नी रेने क्याष्टिल्लो पोलान्को । तस्वीर : रत्न श्रेष्ठराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफनो ओहोदाको प्रमाणपत्र पेश गर्दै नेपालका लागि गणतन्त्र ग्वाटेमालाका गैरआवासीय राजदूत जियोभान्नी रेने क्याष्टिल्लो पोलान्को । तस्वीर : रत्न श्रेष्ठ