Logo
१२ श्रावण २०८१, शनिबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेसियामा ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्पको धक्का

इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो ।

यहाँको मौसम तथा भू-गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् । यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ ।

सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । इन्डोनेरियामा बारम्बार भूकम्प र ज्वालामूखी जस्ता प्रकोपले सताउने गरेको पाइन्छ ।

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्