Logo
१२ श्रावण २०८१, शनिबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले विदेशी भूमिमा नकारात्मक राजनीतिक टिप्पणी गर्नु देशकै अपमान

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी भूमिमा नकारात्मक राजनीतिक टिप्पणी गर्नु देशकै अपमान भएको दाबी गरेका छन् ।

नेतृत्व गर्नेहरु सेवक नभई शासक बन्दा केन्द्रदेखि वडासम्म कमिसन र भ्रष्टाचारको बिगबिगी भएको पौडेलले बताए ।

धादिङ क्षेत्र नम्बर एकद्वारा आयोजित जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘नेपाली राजनीतिलाई तुच्छ ढङ्गबाट टिप्पणी गदैगर्दा उहाँलाई ख्याल हुनुपर्छ राजनीतिलाई यस्तो बनाउने मुख्य पात्र उहाँ पनि हो। सत्ताका लोभीहरू कहिल्यै इमान्दार हुँदैनन्।’

 

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्