Logo
७ जेष्ठ २०८१, सोमबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्याटरीना कैफ जमाउन चाहन्छिन् यी दुइ अभिनेतासँग आफ्नो जोडी

मुम्बई :  अभिनेत्री क्याटरीना कैफले लामो समयदेखि बलिउडमा काम गरिसकेकी छिन् । बलिउडमा शाहरुख खान, आमिर खान, अक्षय कुमार, ऋतिक रोशनजस्ता स्टारसँग काम गरिसकेकी यी अभिनेत्रीको सधै चर्चा हुने गर्छ ।

जो स्टारसँग पनि क्याटरीनाको जोडी खुबै जम्यो । उनका धेरै फिल्म दर्शकले रुचाएका पनि छन् । क्याटरीनाले युवा हिरोका साथ पनि काम गर्न चाहेको बताएकी छिन् ।

क्याटरीनाले रणवीर कपूर र सिद्धार्थ मल्होत्रासँग काम गरिसकेकी छिन् । अब भने टाइगर श्राफ र रणवीर सिंहसँग पनि काम गर्न चाहेको उनले बताएकी छिन् । यो कुरा उनले नेहा धुपियाको एक कार्यक्रममा खुलाइन् । उनलाई प्रश्न थियो कि, क्याटरीना टाइगर या रणवीर कोसँग काम गर्न चाहन्छिन् । उनले भनिन्, ‘दुवैसँग जोडी जम्छ ।’

क्याटरीना टाइगरसँग एक्सन फिल्ममा काम गर्न चाहेकी छिन् । जुन फिल्ममा खतरनाक एक्सन होस् । दोस्रो उनी एउटा यस्तो फिल्ममा काम गर्न चाहन्छिन् । जसमा पागलपन पनि होस्, रमाइलो पनि होस् ।

फिल्मको कुरा गर्नुपर्दा अब उनी छिट्टै नै फिल्म ‘भारत’ मार्फत दर्शकमाझ आउँदैछिन् । यो फिल्म जुन ५ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्