Logo
१ बैशाख २०८१, शनिबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटेपछि श्रीमानले गरे प्रेमीको हत्या

भारतको मध्यप्रदेशको इन्दौर शहरमा एक श्रीमानले श्रीमतीको प्रेमीको हत्या गरेका छन् ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार श्रीमान् नाइट ड्युटी गरेर घर फर्किँदा श्रीमतीलाई उनका प्रेमीसँग आपत्तिजनक स्थितीमा भेटेका थिए । निकै विवादपछि श्रीमानले श्रीमतीको प्रेमीको चक्कु घोपेर हत्या गरिएको स्रोतले बताएको छ । खबर अनुसार श्रीमानले श्रीमतीमाथि पनि हमला गरेको तर छिमेकी ब्यूँझिएपछि उनी बाँच्न सफल भइन् ।

घटना इन्दौर शहरको शीतल नगर इलाकाको हो जहाँ शेखर बघेल आफ्नी श्रीमती गीता यादवसँग बस्दथे । उनी बाणगंगामा रहेको एक कारखानामा नाइट सिफ्ट गर्दथे ।

शेखर गीताका तेस्रो श्रीमान् हुन् । अघिल्ला दुई श्रीमानबाट उनका तीन सन्तान छन् । खबर अनुसार ६ महिनाअघि गीताको गोबिन्द इलाकामा बस्ने २७ वर्षका राकेशसँग प्रेम बसेको थियो ।

गीताको भनाई उद्धृत गर्दै पुलिसले भनेको छ, ‘शेखर बघेल बुधबार राती काममा जानेबित्तिकै गीताले आफ्ना प्रेमी राकेशलाई घरमा बोलाए । शेखर राती करिब साढे तीन बजे घर फर्किँदा घरमा राकेश र श्रीमतीलाई सँगै देखे । यो देखेर सुरुमा शेखरले गीता र उनका प्रेमी रोकेशलाई सम्झाए ।’

‘तर कुरा नमिलेपछि उनले एकाएक चक्कु ल्याए र राकेशमाथि हमला गरे । उनले राकेशमाथि ३ -४ पटक हमला गरे ।’ पुलिस अधिकारी इन्द्रमणी पटेलले दिएको जानकारी अनुसार शेखर आफू श्रीमतीमाथि चक्कु हमला गर्न चाहन्थे तर उनी यसरी चिच्याइन् कि छिमेकी ब्यूँझिए जसका कारण उनको ज्यान बच्यो ।

शेखरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जानकारी दिए ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्