Logo
२५ बैशाख २०८१, मंगलबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विर्तामोड यूनाइटेड क्वाटर फाइनलमा

प्रदेश १ स्थित सुनसरीको भलुवामा बिहीवारदेखि सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उदघाटन खेलमा विर्तामोड यूनाइटेड झापाले उदयपुर ११ उदयपुरलाइ ३–१ गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । झापा र उदयपुर खेलको पहिलो हाफमा बराबरीमा स्थितीमा खेलेपनि दोस्रो हाफमा झापाको एकतर्फी दबदबा हुन पुग्यो ।

खेलको पहलिो हाफको पाँचौं मिनेटमा उदयपुरका तर्फबाट दिवस श्रेष्ठले पहिलो गोल गरे । पहिलो हाफको १३ मिनेटमा विर्तामोडका सुमिल मैनालीले गोल गरि खेललाई बराबरीमा पु¥याए ।

पहिलो हाफभरी दुवै टीमप्रति प्रतिस्पर्धात्मक खेल भएपनि दोस्रो हाफमा पनि उदयपुर टिक्न सकेन् । जसको मौका विर्तामोडले लिर्दै दोस्रो हाफको ३० औं मिनेटमा विकास थुलुङ् र ४० औं रमेश गुरुङ्ले गोल गरि आफ्नो टीमलाई ३–१ गोलको अग्रता दिलाए ।

खेलमा विर्तामोडेका योगेश गुरुङ् म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार पाए । शुक्रवारको दोश्रो खेल रेड हर्ष क्लब इलाम र आयोजक गोल्डेन स्टार युथ क्लब भलुवाका बिच हुँनेछ ।

स्थानीय गोल्डेन स्टार युथ क्लब भलुवाको आयोजनामा हुने प्रतियोगितामा १० टोलिले प्रतिस्पर्धा गर्दैछन । गोल्डकप फुटबल प्रतियोगितामा नेपाल र भारतका गरि १० टोलि मध्ये प्रथम हुँने टिमले उपाधी सहित ३ लाख र उप बिजेताले १ लाख ५० हजार पाउने क्लबका अध्यक्ष पशुपति सरदारले जानकारी दिएका छन ।

भलुवा गोल्डकप फुटबल प्रतियोगिता जेठ २५ गते सम्म हुँनेछ । बिहीवार भलुवा खेल मैदानमा भएको समुदघाटन खेलका प्रमुख अतिथि रहँनु भएका दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले खेलको उद्घाटन गर्नुहुँदै खेलकुद विकासकालागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भयो ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्