Logo
२५ बैशाख २०८१, मंगलबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिजसँग पाकिस्तान भिड्दै

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा आज साँझ बेस्ट इन्डिज र पाकिस्तान भिड्दैछन् । ट्रेन्ट ब्रिज स्टेडियममा हुने खेलमा दुवै पूर्व विजेताको लक्ष्य जित निकाल्नेमा केन्द्रीत छ ।

विश्वकपमा लामो अनुभव सम्हाल्दै आएका यी दुवै टोलीको भिडन्त रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यी दुई टोली यसअघि विश्वकपमा १० वटा भिडेका छन् । जसमा ७ खेल वेस्ट इन्डिज र ३ खेल पाकिस्तानले जितेको छ ।

वेस्ट इन्डिजले सन् १९७५ र सन् १९७९ मा लगातार पहिलो र दोस्रो विश्वकप जितेको थियो । त्यो दुवै विश्वकप इङ्ल्यान्डमै आयोजना भएको थियो । सन् १९८३ मा इङ्ल्यान्डमै भएको तेस्रो विश्वकपको फाइनलमा वेस्ट इन्डिज भारतसँग ४३ रनले पराजित भएको थियो । त्यसपछि वेस्ट इन्डिजले विश्कपमा उत्साहजनक नतिजा निकाल्न सकेको छैन ।

वेस्ट इन्डिज टोलीमा यसपटक नयाँ र पुराना खेलाडीमो समिश्रण छ । आक्रामक ब्याट्सम्यान क्रिस गेलको साथ पाएको वेस्ट इन्डिजमा साई होप र एभिन लेविस, ड्यारेन ब्राभो जस्ता उत्कृष्ट ब्याट्म्यान छन् । बलिङमा केमर रोचको प्रदर्शनले वेस्ट इन्डिजलाई थप उत्साह थप्नेछ । स्टार ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजको बलियो पक्ष भनेकै ब्याटिङ हो ।

यसैगरी पहिलो संस्करणदेखि नै विश्वकपमा भाग लिँदै आएको पाकिस्तानले सन् १९९२ मा विश्वकप उपाधि चुमेको थियो । त्यसपछि पाकिस्तान सन् १९९९ को विश्वकपको फाइनलमा अस्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो । यसपटक पाकिस्तान उच्च लयका साथ उपाधि हत्याउने अभियानमा छ ।

सदाबहार टोलीको छवि बनाएको पाकिस्तानको पनि ब्याटिङ र बलिङ दुवैमा राम्रा खेलाडी छन् । इमाम उल हक र फाखर जामनको प्रदर्शन उच्च हुने अनुमान गरिएको छ । विशेषगरी पाकिस्तानको अब्बल पक्ष भनेको बलिङ हो । पाकिस्तानमा एक सय एक बलर छन् । त्यसैले वेस्ट इन्डिज र पाकिस्तानबीचको खेललाई ब्याट्सम्यान र बलरबीचको भिडन्तको रुपमा लिईएको छ ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्