Logo
१२ श्रावण २०८१, शनिबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाइजोमा मोटरसाइकल दिन नसक्दा श्रीमतीको हत्या

सांकेतिक तस्बिर

महोत्तरी :  कुटपिट गरि हत्या गरिएकी विमलादेवीको माइती पक्षले किटानी जाहेरी दिएपछि उनका श्रीमान् र ससुरा पक्राउ परेका छन् । प्रहरीले विमलादेवीका श्रीमान् बलेश्वर यादव र उनका बाबु शंकर यादवलाई पक्राउ गरेको हो ।

२० वर्षीया विमलादेवीको हत्या उनकै श्रीमान् बलेश्वरले गरेको आरोप विमलाका बुबा कमलेशले लगाएका छन् । उनले आफूहरुले बेहुला पक्षले मागेअनुसार दाइजो दिएको तर मोटरसाइकल दिन नसकेकाले विमलादेवीको हत्या भएको आरोप लगाएका हुन् । उनले विवाहमा केटा पक्षको मागअनुसार ५ लाख, सुन, चाँदी, कपडा तथा अन्य सरसामान दिइएको तर मोटरसाइकल पनि माग गरेका थिए, त्यो दिन नसकेको बताएका छन् ।

बलेश्वर र विमलाको ३ वर्षअघि विवाह भएको थियो । ‘घटना शंकास्पद छ,’ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विमलाको शव जलेश्वर अस्पतालमा राखिएको छ । उनको बिहिबारमात्र पोस्टमार्टम भएको छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्