Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदी सरकारमा राजनाथको ‘नम्बर टु पोजिसन’, पार्टी अध्यक्ष शाह अर्थमन्त्री, स्वराजले लिइनन् सपथ (फोटो-भिडियो)

विश्वकै सबैभन्दा ठुलो सपथग्रहण समारोहको रुपमा मानिएका एक कार्यक्रमबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । बिहीबारको उक्त शपथग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपि शर्मा ओली समेत बिभिन्न देशका राष्ट्रप्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

प्रधानमन्त्री मोदीले सपथ लिनुपुर्व बिभिन्न पुर्वज नेताहरुको समाधीस्थलमा समेत पुगेका थिए । सपथग्रहण समारोहमा आएपछि उनले त्यहाँ रहेका सबै जनमासलाई झुकेर नमन गरेका थिए । समारोहमा सबै अथितीहरुको उपस्थिीतबीच उपराष्ट्रपति वैङ्गकैया नाइडु समेतको उपस्थितीमा राष्ट्रपति रामनाथ कोविन्दले सपथ गराएका हुन् ।

यसपटक पनि मोदी सरकारको नम्बर टु पोजिसन अर्थात सरकारमा प्रधानमन्त्री मोदीपछि राजनाथ सिंहको स्थान रहेको छ । त्यसपछि त्यसपछि भने वर्तमान पार्टी अध्यक्ष अमित शाहको स्थान रहेको छ भने त्यसपछि पुर्व पार्टी अध्यक्ष नितिन गडकरीको स्थान रहेको छ । शाहलाई यसपटक उच्च सम्माणका साथ सरकारमा समावेस गरिएको हो ।

मोदीले गृहमन्त्री राजनाथ सिंहलाई मन्त्रिपरिषदमा पुरानैं जिम्मेवारीसाथ दोहोर्‍याउँदै छन् भने भाजपाका अध्यक्ष तथा भारतीय राजनीतिका एक शक्तिशाली पात्र अमित शाहलाई महत्वपूर्ण जिम्मेवारी दिने भएका हुन् । मोदीले बिहीबार साँझ ७ बजे राष्ट्रपति निवासमा शपथ लिएका हुन् । पूर्व भारतीय विदेश सचिव एस जयशंकरलाई पनि सरकारमा सामेल गरिएको छ ।

नेपालमा संविधान जारी हुनुभन्दा दुई दिनअघि प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा नेपाल आएका तत्कालीन भारतीय विदेशसचिव एस जयशंकरले निर्धारित समयमा संविधान जारी नगर्न र मधेसी समुदायको सहमति लिन नेपालका प्रमुख नेताहरुलाई आग्रह गरेका थिए।

त्यस्तै, गडकरी, डिभी सदानन्द गौडा, धर्मेन्द्र प्रधान, स्मृती इरानी, मुख्तार अब्बास नक्वी, गिरीराज सिंह, बाबुल सुप्रियो, हरस्रिमत कौर बादल, लगायतले मोदी मन्त्रिपरिषदमा स्थान पाएका छन् ।

हेर्नुस् फोटोफिचर :

हेर्नुस् भिडियो : 

सौजन्य एएनआई, भारत

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्