Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको शपथग्रहणमा दिल्ली पुगेका प्रधानमन्त्री ओली राहुल-सोनियासँग पनि भेटवार्ता गर्ने

प्रचण्ड बहुमत ल्याएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा भारग लिन भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँका विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी र बिपक्षी दलहरुको मोर्चा यूपिए गठबन्धकी संयोजक सोनिया गान्धीसंग पनि भेटवार्ता गर्ने भएका छन् ।

छिमेकी देशको भारतको लोकसभा चुनावमा विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने समारोहमा सहभागी हुन ओली बिहिबार दिउसो त्यहाँ पुगेका हुन् ।

कांग्रेसले भारतमा प्रमुख विपक्षी दलको स्थान समेत पाउन सकेको छैन भने विपक्षी मध्ये ठुलो राजनीतिक दलका नेताका हैसियतले राहुल गान्धीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने भारत स्थित नेपाली दुतावास श्रोतले जानकारी दिएको छ । त्यसैगरी भारतीय नवनियुक्त प्रधानमन्त्री मोदी र राष्ट्रपति समेत बिभिन्न बिशिष्ट ब्यक्तीहरुसंग पनि भेटवार्ता हुने बताइएको छ ।

बिहिबार दिउसो भारत पुगेका प्रधानमन्त्री ओलीको टोलीलाई भारतीय विदेश मनत्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । दिल्ली स्थित नेपाली राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीले भारतीय विदेश मन्त्रालयका अधिकारीहरुसँग विशेष वार्ता पनि गरेका थिए । उक्त वार्तामा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी र भारतका लागि नेपाली राजदूत निलाम्बर अचार्य पनि सहभागी रहेको थिए ।

मोदीले नेपालका प्रधानमन्त्रीसहित छिमेकी देशका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निम्ता दिएका छन् । प्रधानमन्त्री ओलीले भारत रहँदा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ । मोदीको कार्यकालमा दुई देश बिचको सम्बन्ध थप मजबुद हुने अपेक्षा गरिएको नेपाल सरकारले जनाएको छ ।

 

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्