Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको शपथग्रहणमा सहभागी हुन दिल्लीमा प्रधानमन्त्री ओली, भारतमा भब्य स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । छिमेकी देशको भारतको लोकसभा चुनावमा विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने समारोहमा सहभागी हुन ओली त्यहाँ पुगेका हुन् ।

उनलाई भारतीय विदेश सचिव विजय गोख्लेले स्वागत गरेका थिए । दिल्ली स्थित नेपाली राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिव गोख्लेसँग विशेष वार्ता पनि गरेका थिए । उक्त वार्तामा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी र भारतका लागि नेपाली राजदूत निलाम्बर अचार्य पनि सहभागी रहेको थिए ।

मोदीले नेपालका प्रधानमन्त्रीसहित छिमेकी देशका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निम्ता दिएका छन् । प्रधानमन्त्री ओलीले भारत रहँदा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ । मोदीको कार्यकालमा दुई देश बिचको सम्बन्ध थप मजबुद हुने अपेक्षा गरिएको नेपाल सरकारले जनाएको छ ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्