Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्लीमा प्रधानमन्त्री ओली : मोदीको शपथ ग्रहणमा अर्बपति विनोद चौधरी पनि सहभागी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । छिमेकी देशको भारतको लोकसभा चुनावमा विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने समारोहमा सहभागी हुन ओली त्यहाँ पुगेका हुन् ।

मोदीले नेपालका प्रधानमन्त्रीसहित छिमेकी देशका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निम्ता दिएका छन् । प्रधानमन्त्री ओलीले भारत रहँदा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ । मोदीको कार्यकालमा दुई देश बिचको सम्बन्ध थप मजबुद हुने अपेक्षा गरिएको नेपाल सरकारले जनाएको छ ।

यसैबीच, मोदीको सपथ ग्रहणमा अर्बपति विनोद चौधरी सहभागी हुने भएका छन् । चौधरी ग्रुपका कार्यकारी अध्यक्ष एवं सांसद विनोद चौधरी कार्यक्रममा सहभागी हुन बिहीबार दिल्ली गएका छन्। भर्खरै सम्पन्न लोकसभा चुनावमा भाजपा स्पष्ट बहुमतले विजयी भएको थियो।

यो विजय पश्चात मोदी दोस्रो कार्यकालको लागि प्रधानमन्त्रीको सपथ लिँदै छन्। भारतीय समयअनुसार साँझ ७ बजे राष्ट्रपति भवनमा आयोजना हुँदैछ। चौधरी शुक्रबार नेपाल फर्कदैछन् । यो भन्दा अगाडि सन् २०१४ मा मोदीले सपथ ग्रहण गर्दा पनि चौधरी सहभागी भएका थिए।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्