Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको शपथग्रहण समारोहका लागि ओली केही समयमा पुग्दै

काठमाडौं :  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन विहीबार सबैभन्दा पहिला बंगलादेशका राष्ट्रपति मोहम्मदख अब्दुल हमीद नयाँ दिल्ली पुगेका छन् । भारतका विदेशप्रवक्ता रभीसकुमारले सो जानकारी गराएका हुन् । दोस्रो अतिथिको रुपमा मोरिससका प्रधानमन्त्री प्रभीन्द जुगनाउथ नयाँ दिल्ली पुगेका छन् ।

तेस्रो अतिथिका रुपमा भुटानका प्रधानमन्त्री लोटे छिरिङ्ग नयाँ दिल्ली पुगेका छन् भने चौथो अतिथिका रुपमा थाइल्याण्ड सरकारका विशेष प्रतिनिधिका रुपमा मन्त्री ग्रिसाडा बुनराच नयाँ दिल्ली पुगेका छन् । पाँचौ अतिथिको रुपमा म्यान्मारका राष्ट्रपति उ विन नयाँ दिल्ली पुगेका छन् । छैठौ अतिथिको रुपमा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना केही समय अघि नयाँ दिल्ली पुगेको भारतका विदेश प्रवक्ताले जनाएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आधा घण्टापछि १ः३५ मा त्यसतर्फ उड्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्