Logo
१८ बैशाख २०८१, मंगलबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निश्चल र स्वस्तिमाको ‘घामड शेरे’को सकियो शुटिङ

काठमाडौं :  रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म ‘घामड शेरे’को सुटिङ सकिएको छ । फिल्मका निर्देशक हेमराज विसी हुन् ।

३८ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक हेमराजले बताए । निश्चल र स्वस्तिमा ‘घामड शेरे’मा पनि श्रीमान् श्रीमतीकै भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा गरिएको हो ।

निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीको छायाँकन रहेको फिल्म ३ असोजबाट प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्