Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोल, डिजेल र मट्टितेलको बढ्यो मूल्य

काठमाडौँ :  नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । हिजो (बुधबार) राति १२ बजेदेखि लागू हुनेगरी निगमले मट्टितेल, डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

प्रवक्ता गोइतका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा डेढ रुपैयाँका दरले बढेको हो । बढेको मूल्यअनुसार पेट्रोल लिटरको १११ रुपैयाँ र डिजेल, मट्टितेल ९८ रुपैयाँ पुगेको छ ।

निगमका उपनिर्देशक विनित उपाध्यायले बजेटका कारण इन्धनको मूल्यमा वृद्धि भएको बताए ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्