Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हंगेरीमा भएको डुंगा दुर्घटनामा ७ जनाको मृत्यु, १९ बेपत्ता

बुडापेस्ट :  हंगेरीको राजधानी बुडापेस्ट हुँदै बग्ने डानुबे नदीमा डुंगा पल्टिँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

सो डुंगामा ३३ जना सवार थिए । जसमा धेरैजसो दक्षिण कोरियाका पर्यटक थिए । सो डुंगालाई अर्को एक पानी जहाजले ठक्कर दिएको थियो । उक्त घटना बुधबार राति १० बजको हो । डानुबे नदी पर्यटकहरुका लागि निकै आकर्षक मानिने गरेको छ ।

सो डुंगामा ४५ जना अट्ने क्षमता रहेको थियो । दक्षिण कोरियाको विदेश मन्त्राललयले १९ जना आफ्नो देशका नागरिक हराइरहेको जनाएको छ । बिहीबार बिहानैदेखि उद्धार कार्य जारी राखिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्