Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको बारमा डोजर चलाउने कँडेलसहित १७ जना पक्राउ

काठमाडौं :  गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जस्तापाताको बारमा बुधबार बिहान डोजर चलाएर भत्काइदिनेमध्येका अगुवा प्रकाश कँडेलसहित १७ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । गएराति भरतपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो । चितवनका एसपी दानबहादुर मल्लका अनुसार उनीहरुलाई गएराति भरतपुरबाट पक्राउ गरिएको हो ।

बारमा डोजर लगाएर भत्काएलगत्तै प्रहरीले उनीहरुलाई खोजी गरेको थियो । लुकेर बसेको अवस्थामा कँडेलसहित १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत-पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका थिए ।

चितवन भरतपुर महानगरपालिका-१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जस्तापाताको बार बुधबार बिहान कँडेलको नेतृत्वमा रहेका स्थानीयले डोजर चलाएर भत्काइदिएका थिए । नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय-सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धक्का दिएको धुर्मुसले जानकारी दिए ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्