Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगालमा राजनीतिक हत्याको अफवाह उडेपछि ममताले गरिन् शपथग्रहण समारोह बहिष्कार

नयाँ दिल्ली :  प्रधानमन्त्री नरेन्द्र मोदीसँग हालैको लोकसभा चुनावको बेलामा टक्कर लिएकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मोदीको आज हुने शपथग्रहण समारोहमा भाग नलिने भएकी छन् ।

आजको शपथग्रहण समारोहमा भाग लिन राज्यका मुख्यमन्त्रीहरुलाई पनि निम्तो दिइएको छ । भाजपाले ममताको पार्टी तृणमुल कांग्रेससँगको हिंसामा परेर आफ्ना ५४ कार्यकर्ता मारिएको बताएपनि ममताले भने त्यो कुराको खण्डन गर्दै आएकी छन् । ममताले ट्विट गर्दै भनेकी छन्,‘‘ शपथग्रहण समारोह लोकतन्त्रको उत्सव मनाउने महत्वपूर्ण मौका हो । न कि कुनै राजनीतिक दलद्वारा यसको गरिमा घटाउनेवाला ।’’

उनले अगाडि लेखेकी छन्,‘‘बधाई नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीजी । मेरो योजना संवैधानिक निम्तोको स्वीकार गर्ने र शपथग्रहण समारोहमा जाने भन्ने थियो । तर, अन्तिम क्षणमा मैले देखिरहेकी छु मिडियामा यस्ता खबर आएका छन् जसमा भनिएको छ कि भाजापाले दावी गरिरहेको छ कि बंगालमा राजनीतिक हिसामा ५४ मानिस मारिएका छन् । यो पुरै झूठ कुरा हो ।’’

ममताले भनेकी छन्,‘‘ बंगालमा कुनै राजनीतिक हत्या भएको छैन । यो कुनै निजी दुश्मनी, पारिवारिक झगडा वा अन्य विवादका कारण भएको हत्या हुन सक्छ । यसको राजनीतिमा कुनै लेनादेना छैन । हामीसँग यसबारेमा कुनै जानकारी छैन । यसले गर्दा मलाई माफ गर्नुस् नरेन्द्र मोदीजी यही कारणले म समारोहमा सामेल हुन सक्दिन ।’’

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्