Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसममा पुन: परिर्वतन : मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ :  विशेष गरी देशका पहाडी क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि- मनसुनको समय र भारतको बिहार क्षेत्रमा न्यूनचापिय रेखा बनेकाले मौसम बदली भएको मौसमविद मञ्जु बासीले जानकारी दिएकी छन् । पूर्व, मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।

बुधबार बेलुका काठमाडौँ तथा पोखरा र आसपसका क्षेत्रमा वर्षा भयो । बिहीबार पनि पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ । तराईका क्षेत्रको मौसम भने सफा नै रहने देखिएको छ । तर अपराहन्न तिर बदली हुन सक्ने सम्भावना छ ।

यस्तै हावाहुरीको सम्भावना पनि रहेको मौसमविदले उल्लेख गरेका छन् । बिहानैदेखि बदली भएको काठमाडौँ उपत्यकाको मौसम दिउँसो खुले पनि फेरि बदली भइ पानी पर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्