Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्ली जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १:३५ बजेको उडानबाट दिल्ली जानेछन् । सोही दिन साँझ ७ बजे मोदीको सपथग्रहण समारोह छ । मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार नै स्वदेश फर्किनेछन् ।

मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि बोलाइएको छ । तर, पाकिस्तानका प्रधानमन्त्रीलाई भने बोलाइएको छैन ।

यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र मालदिभ्सका सरकार प्रमुखलाई निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जबकि मोदीले अघिल्लो कार्यकालमा पहिलो विदेश भ्रमण नै मालदिभ्सबाट गरेका थिए ।

मोदीको समथग्रहण समारोहमा थाइल्याण्ड मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुनेछन् ।

मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्