Logo
२५ बैशाख २०८१, मंगलबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेट विश्वकप आजबाट शुरु, उद्धघाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रीका भिड्दै

एजेन्सी : क्रिकेटको महाकुम्भ आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीचको खेल नेपाली समय अनुसार ३ः१५ मा सुरु हुनेछ ।

आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले एकदिवसीय वरियताको शीर्ष स्थानको इंग्ल्याण्ड र तेस्रो स्थानको दक्षिण अफ्रीकाबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । ११ औं संस्करणको विश्वकप सकिदा दुवै टोलीले एकदिवसीय विश्वकप जित्न सकेका छैनन् । यद्दपि इंग्ल्याण्डले ३ पटक फाइनल खेलिसकेको छ । दक्षिण अफ्रिकाले भने फाइनल यात्रा तय गर्न सकेको छैन ।

गत संस्करणको विश्वकपमा इंग्ल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो भने अफ्रिका सेमिफाइनलमा अभागी साबित भएको थियो । घरेलु मैदान दि ओभलमा इंग्ल्याण्डले सन् २०१५ देखि कुनै एकदिवसीय खेल हारेको छैन । इंग्ल्याण्ड त्यस जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछन् । यता, दक्षिण अफ्रीका पहिलो खेलमा बलियो इंग्ल्याण्डलाई हराएर विश्वकप यात्रा तय गर्न चाहन्छ ।

विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डका कप्तान इयान मोर्गनले खेल्ने नखेल्ने दुविधा रहेको छ । तर, अभ्यासको क्रममा औलाको चोट बोकेका मोर्गनले पहिलो खेल खेल्ने सम्भावना उच्च रहेको छ । यता, दक्षिण अफ्रिकाका अनुभवी फास्ट बलर डेल स्टेन चोटका कारण खेल्ने छैनन् ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्