Logo
१२ श्रावण २०८१, शनिबार
(May 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसद्वारा राष्ट्रिय गानमा रहेको “जय नेपाल” शब्द हटाउन चुनौती

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई राष्ट्रिय गानको अन्त्यमा रहेको जय नेपाल शब्द हटाएर देखाउन चुनौती दिएका छन् ।

कांग्रेस काठमाडौंको ६ नम्बर क्षेत्रीय समितिले बुधबार शान्तिवाटिकामा गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘कार्यकर्ता भेला तथा सम्मान कार्यक्रम’ नेता प्रधानले सञ्चार मन्त्री बास्कोटालाई यस्तो चुनौती दिएका हुन् ।

केही समयअगाडि सञ्चारमन्त्री बास्कोटाले कांग्रेसले अभिवादनका क्रममा प्रयोग गर्ने शब्द जय नेपाललाई लक्षित गरेर गरेको कटाक्षप्रति आपत्ति जनाउँदै उनले भने, “बास्कोटाजीलाई जय नेपाल शब्दप्रति त्यत्ति नै एलर्जी हो भने राष्ट्रिय गानको अन्त्यको जय नेपाल हटाएर देखाउन चुनौती दिन चाहन्छु ।’’

जय नेपालको शब्दको बारेमा लामै वर्णन गरेका प्रधानले यो शब्दलाई नेपालको संविधानमै लेखिनुपर्ने बताए । “जय नेपाल भनेको नेपालको जय हो । यो सबै नेपालीले गौरबका साथ भन्नु पर्छ । म त झन यो जय नेपाल शब्दलाई संविधानमै लेखिनुपर्छ भन्ने अभियानमा छु । अब संविधान संशोधन हुँदा यो माग अगाडि सार्छु,’’ उनले भने ।

नेता प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण नेपाली जनताको प्रधानमन्त्री हुनै नसकेको टिप्पणी गरे । “ओलीजी सबैको प्रधानमन्त्री हुनै सक्नुभएन । उहाँ कम्युनिस्ट कार्यकर्ताहरुको मात्रै प्रधानमन्त्री बन्नुभएको छ,’’ उनले प्रश्न गरे, “देशको प्रधानमन्त्री जस्तो मान्छेले अरिंगाल बनेर टोक्न जाउ भन्न मिल्छ ? कसलाई टोक्न खटाएको हो ? जनतालाई ?नेपाली कांग्रेसलाई ?’’

प्रकाशित मिति: May 29, 2019

प्रतिक्रिया दिनुहोस्