Logo
१२ श्रावण २०८१, शनिबार
(May 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपहरणमा परेको ८ वर्षीय बालकको निर्मम हत्या, प्रहरीद्वारा २ जनामाथि गोली प्रहार

बारा :  पर्साका ८ वर्षीय बालक करण साहको अपहरणपछि हत्या भएको छ । उनको हत्यामा संलग्न रहेकाहरुमध्ये १ भारतीयसहित २ जनामाथी प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । अन्य १ जनालाई भने गोली लागेको छैन । उनीहरु ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर भारत विहारका विकाश शर्मा र बारा कलैयाका सिकेन्द्र साह घाइते भएका छन् । कलैयाकै रामविनेश शर्मा पनि पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर, पर्सा प्रहरी र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको हो ।

४ राउण्ड फायर गरेको र २ जनालाई ११ गोली लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक ९एसपी० सानुराम भट्टराईले जानकारी दिए । गत १० गते शुक्रबार बिहानको १० बजे वीरगंजबाट अपहरणमा परेका बालकको कैलैया उपमहानगरपालिका-२५ मा रहेको खोलाको किनारमा हत्या गरिएको अवस्थामा शव भेटिएको भट्टराईले बताए ।

उनीहरुले करणको परिवारसँग सुरुमा ३० लाख फिरौती रकम मागेको र अन्त्यमा ५ लाख दिने सहमति भएको भएपनि उनीहरुले शुक्रबार राति नै बालकको हत्या गरेको प्रारम्भीक अनुसन्धाबाट खुलेको छ । अपहरणकारीहरुले बालक हत्या गर्नु अगाडि नै बच्चाको बोली रेकर्ड गरेर हत्या गरेको र त्यसपछि अडियो सुनाएर फिरौती मागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: May 29, 2019

प्रतिक्रिया दिनुहोस्