Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४ वर्षीया किशोरीको सामुहिक बलात्कारपछि जिउँदै जलाई हत्या

सांकेतिक तस्बिर

भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक किशोरीलाई सामुहिक बलात्कारपछि हत्याको मामलामा ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

इन्डियन एक्सप्रेसमा छापिएको खबर अनुसार यी ७ जनामाथि १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको र त्यसपछि जिउँदै जलाएर हत्या गरेको आरोप लागेको छ । यद्यपी, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

खबर अनुसार मृतक किशोरी एक इट्टा भट्टामा काम गर्थिन् । इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित मिति: May 29, 2019

प्रतिक्रिया दिनुहोस्