Logo
१२ श्रावण २०८१, शनिबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथाको फेदमा अब कुमारी बैंकको एटिएम सेवा सुरु

काठमाडौं : कुमारी बैंक लिमिटेडले सर्वोच्च शिखर सगरमाथामा फेदीमा एटीएम सुविधा सुरु गरेको छ । सगरमाथा आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद, सोलुखुम्बुको दिङबोचेमा एटीएम सुविधा सुचारू गरेको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका-४, दिङबोचे, सोलुखुम्बु स्थित ४,४१० मिटर उचाइमा अवस्थित उक्त एटिएम देशकै सबैभन्दा उचाइमा रहेको एटीएम हो । उक्त एटीएम उद्घाटन बैंकका नायब महाप्रबन्धक मनिष तिमिल्सिना तथा त्यस क्षेत्रका वरिष्ठ वासिन्दा फु ताशी शेर्पाले संयुक्त रुपमा गरे ।

खुम्बु क्षेत्रका पदमार्गी पर्यटक लगायत स्थानीय वासिन्दालाई नगद बोकेर हिड्ँने झन्झटबाट मुक्ति दिलाउँदै, कुमारी बैंक देशकै सबैैभन्दा उच्च स्थानमा एटिएम राख्ने पहिलो बैंक बन्न सफल भएको छ ।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्