Logo
१२ श्रावण २०८१, शनिबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ वर्षसम्म बन्द भएको तातोपानी नाका आजबाट खुला

काठमाडौं : ०७२ को भूकम्पपछि ४ वर्षसम्म बन्द भएको तातोपानी नाका मंगलबारबाट संञ्चालनमा आएको छ । आज बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो ।

सोमबार १० जना लोडर र कन्टेनरलाई नाकाको पास दिइए पनि चीन पक्षबाट सहमतिको खबर आएपछि नाका सञ्चालन गरिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । नेपाल-चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडक हुँदै खाली कन्टेनर गएका हुन् ।

बुधवार ४ वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्‍याइनेछ । नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइनेछ ।

नाकाबाट बर्सेनी १५ हजारभन्दा बढी पर्यटक नेपाल–चीन आउनेजाने गर्थे । वर्षेनी २० अर्बको आयात र ३ अर्बको निर्यात हुने नाकामा बल्ल चहलपहल सुरु हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए ।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्