Logo
५ जेष्ठ २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा बम बिस्फोट : १० सैनिकसहित १४ जना मारिए

अफगानिस्तान :  अफगानिस्तानमा भएको बम विष्फोटमा कम्तीमा १० सुरक्षाकर्मीको ज्यान गएको छ ।

पश्चिम अफगानिस्तानको फराह प्रान्तमा सडक छेउ राखिएको बम विष्फोट हुँदा उनीहरुको ज्यान गएको अधिकारीले जनाएका छन् । तलब बुझेर बख्तरबन्द गाडीमा फर्किँदै गरेका सुरक्षाकर्मीलाई लक्षित गरी बम विष्फोट भएको जनाइएको छ ।

आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले लिएको छ । त्यसबाहेक तालिबानले मुलुकका विभिन्न स्थानमा गरेका आक्रमणमा ४ प्रहरीको ज्यान गएको अधिकारीले जनाएका छन् ।

तालिबानको आक्रमणमा अन्य २२ जना घाइते भएका छन् । तालिबान लडाकुले पछिल्ला केही समययता सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्