Logo
९ असार २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमान त्यागी २१ वर्षीया दुलही भागिन् आफ्नै विवाह गराइदिने पण्डितसँग

मध्य प्रदेश, भारत :  विवाह भएको १५ दिनमै एक दुलही आफ्नो विवाह गराउने पण्डितसँगै भागेकी छन् ।

यो घटना भारतीय राज्य मध्य प्रदेशको हो । मध्य प्रदेशको सिरोन्ज शहरअन्तर्गत टोरी बागरोदमा एक दुलही विवाहको १५ दिनपछि आफ्नो विवाह गराइदिने पण्डितसँग भागेकी हुन् । यो घटना त्यो दिन भयो, जुन दिन भारतमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै थियो ।

दैनिक भास्करको समाचारका अनुसार २१ वर्षीया ति दुलहीको विवाह मे ७ तारिखमा भएको थियो । विवाहपछि युवती पहिलोपटक आफ्नो माइती आएकी थिइन् । माइती आएको बेला २३ मेको राति युवती पण्डित (विनोद महाराज)सँग भागेकी हुन् । समाचारअनुसार विनोद विवाहित व्यक्ति हुन् । उनका २ सन्तान रहेका जनाइएको छ ।

प्रहरीले पण्डितसँग भागेकी युवती र पण्डितको खोजी गरिरहेको जनाएको छ । दुलहाको परिवारले भने विवाहित युवतीले आफूहरुले दिएको करिब डेढ लाख रुपैयाँ बराबरको गहना र ३० हजार रुपैयाँ नगद लगेको बताएका छन् ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्