Logo
१२ श्रावण २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहलाई प्रचण्डको आग्रग आउँनुहोस् कमरेडहरु मिलेर देशलाई समृद्ध बनाऊँ

काठमाडौ : अहिले नेपालमा विप्लवको बन्दको चर्चा सुरु भएको छ । देशैभरीबाट विप्लवका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । विप्लवलाई शान्तिको बाटोमा ल्याउन सरकार सकारात्मक नभएको धेरैको आरोप रहेको छ ।

योबीचमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताउनु भएको छ ।

उहाँले राजधानीमा भएको बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको स्पष्ट पार्नुभयो । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘यो बन्द इत्यादि जे गर्नु भएको छ शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो कि रु मैले चाहिँ त्यसरी बुझेको छु ।’

उहाँले एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता नडगमाउने बताउनुभयो । सबै मिलेर समृद्धि र विकासमा अगाडि बढ्नुको विकल्प नभएको प्रचण्डको बुझाई रहेको छ । उहाँले भन्नुभयो, ‘अहिले राजनीति रुपले स्थिरता आएकै छ ।

एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन ।’

अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको भन्दै प्रचण्डले सबै मिलेर समाजवादको नयाँ ढंगले तयारी गर्नतर्फ लाग्नुपर्नेम जोड दिनुभयो ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्