Logo
१० बैशाख २०८१, सोमबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

टोकियो : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बन्नु भएको छ । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् । त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो ।

त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाउनु भएको थियो भने जापानी सम्राटले उज्यालो निलो टाई लगाउनु भएको थियो । भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी हुनुहुन्थ्यो । जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाउनु भएको थियो भने मेलानीयाले सेतो कपडा र अग्लो रातो हिल लगाउनु भएको थियो । राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्