Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री मोदीले ३० मेमा सपथ लिने, विभिन्न देशका प्रमुखहरु बोलाइने

भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ कार्यकालका लागि ३० मेमा सपथ लिने भएका छन् । भारतको राष्ट्रपति भवनमा ३० मेमा मोदीसँगै अन्य केन्द्रीय मन्त्रीले पनि सपथ लिने भएका हुन् ।भारतका राष्ट्रपति रामनाथ कोविन्दले ट्विटरमा एउटा पोस्ट राख्दै यो जानकारी दिएका हुन् ।

भर्खरै सम्पन्न निर्वाचनमा प्रचण्ड बहुमत ल्याएका भारतीय जनता पार्टीको तर्फबाट शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति कोविन्दलाई भेटेर सरकार बनाउने दाबी पेश गरेका थिए । निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धन एनडिएले ३५२ सिटमा जित दर्ज गरेको छ । यसमध्ये भारतीय जनता पार्टी एक्लैले ३०३ स्थानमा जित हासिल गरेको छ ।

सरकार बनाउने दाबी पेश गरेलगत्तै मोदीले राष्ट्रपति भवनमा नै आफूहरुले जनादेशअनुसार काम गर्ने र जनादेश नै आफ्ना लागि सबैभन्दा ठूलो कुरा भएको बताएका थिए । यसपटक मोदीको सरकारका मन्त्रीमा नयाँ अनुहार देख्न सकिने विश्वास गरिएको छ ।

कतिपयले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि मन्त्री हुनसक्ने अनुमान गरेका छन् । तर, शाहले अध्यक्ष पदबाट तत्काल राजीनामा नदिने तर्कहरु पनि आएका छन् । मोदीको सपथ ग्रहणमा यसअघिको जस्तै विभिन्न देशका प्रमुखहरु बोलाइने अनुमान गरिएको छ

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्