Logo
१२ श्रावण २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दको अवज्ञा गरेको भन्दै हतियारसहित आएका विप्लव कार्यकर्ताले बस जलाए

सुर्खेत : बन्दको अवज्ञा गर्दै बस सञ्चालन गरेको भन्दै नेत्र विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले यात्रुबहाक बसमा आगजनी गरेका छन् ।

आगजनीबाट बस पूर्णरुपमा क्षति पुगेको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार उनीहरु अहिले फरार छन् । घटनाको आवश्यक अनुसन्धान र विप्लव समूहका कार्यकर्ताको खोजी कार्य भइरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले बसमा आगजनी गरेका थिए । चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर बसमा आगो लगाएका थिए ।

गुर्भाकोट नगरपालिका-१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले गोचेखोलामा आगजनी गरेका हुन् ।

 

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्