Logo
११ श्रावण २०८१, शुक्रबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्ध एयरले भोलिबाट कोलकत्ता उडान थाल्ने

काठमाडौं : निजी लगानीको बुद्ध एयरले भोलि सोमबारदेखि कोलकाता उडान थाल्ने भएको छ ।

उडानको सम्पूर्ण तयारी पूरा भएको कम्पनीले जानकारी दिएको छ । सोमबार पूर्ण अक्कुपेन्सीमा उडाउने तयारी छ । बिहान ८ बजे नेपालबाट उड्ने जहाज १ घन्टा ३० मिनेट उडान दुरीमा कलकत्ता पुग्दैछ । कोलकातामा बुद्धले एटिआर ७२ जहाज उडाउँदै छ । कम्पनीका अनुसार सुरुमा सोमबार, बुधबार र शुक्रबार गरी साताको तीन उडान हुनेछन् ।

त्यसैगरी बुद्धले बनारस र कोलकातापछि तेस्रो गन्तब्य गुवाहाटी बनाउने भएको छ । यस गन्तव्यमा भारतबाट सैद्धान्तिक सहमति दिइसकेको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बस्नेतले जानकारी दिए ।

भारतबाट औपचारिक सहमती आइसकेपछि दुई महिनाभित्र व्यवसायिक उडान थाल्ने कम्पनीले जानकारी दिएको छ । कोलकाता र गुवाहिटी दुबै गन्तव्यमा पर्यटकलाई प्राथमिकता दिएर उडान गर्ने तयारी कम्पनीको छ ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्