Logo
१२ श्रावण २०८१, शनिबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमाल आरोहणका क्रममा थप ३ आरोहीको मृत्यु, एक नेपाली र दुई भारतीय

संखुवासभा : विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहण गर्ने क्रममा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक नेपाली र दुई भारतीय भएको बताइएको छ ।

शुक्रबार मकालु हिमाल चडेर फर्केने टोलीलाई उद्दार गर्न गएका मकालु गाउँपालिका २ का निमा तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मीनकुमार लामाले जानकारी दिए ।

त्यस्तै, मकालु हिमाल आरोहण गरेर क्याम्प ४ मा आइपुग्न लाग्दा लडेर दुई भारतीय नागरिकको मृत्यु भएको बताइएको छ । उनीहरूको जेठ २ गते मृत्यु भएको हो । मृत्यु हुनेमा ५४ वर्षीय डिपंकर गैड्स र र ३५ वर्षीय नारायण सिंह भएको बताइएको छ ।

उनीहरूको शव पोष्टमार्टमका लागि सोलुखुम्बु लगिएको छ। मकालुका निमा तेन्जीको शव पोष्टमार्टमाका लागि आइतबार हेलिकोप्टर बाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।

http://45.77.46.207/2019/05/91120/

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्