Logo
५ जेष्ठ २०८१, शनिबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन

बैङ्कक : थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उहाँको निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बैङ्ककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उहाँको निधन भएको जनाइएको छ । उहाँ गत सन् २०१६ मा तत्कालीन राजा महाभाजिरालङकर्नको निधनपछि शाही सल्लाहकार परिषद्को अध्यक्षका हैसियतले नयाँ राजा चयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री प्रेमको सन् १९२० को अगस्त २६ तारिखका दिन जन्म भएको थियो । उहाँ सोङख्ला प्रान्तका स्थानीय बासिन्दा भएपनि सिसाओमा लामो समय बस्नु भएको थियो । थाइल्याण्डको पूर्व सेनापति समेत रहनु भएका प्रेम सन् १९८० देखि १९८८ सम्म प्रधानमन्त्री बन्नु भएको थियो ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्