Logo
२३ बैशाख २०८१, आईतबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टरको चरम यातनाको कारण मेडिकलकी छात्राले गरिन् अस्पतालमै आत्महत्या

काठमाडौं : डाक्टरको चरम यातनाको कारण मेडिकलकी छात्राले आत्महत्या गरेकी छिन् ।  मुम्बईमा बिवाइएल नायर नामको एउटा अस्पताल एमडीकी दोस्रो वर्षकी छात्रा पायल सलमान तडवीले आत्महत्या गरेकी हुन् । उनी अस्पतालमा ‘रेजिडेन्ट डाक्टर’ थिइन् । उनले २२ मे मा आत्महत्या गरेको बताईएको छ । पायल आदिवासी समुदायसँग थिए ।

नले आरक्षण कोटाबाट भर्ना लिएकी थिइन् । पायलकी आमाको आरोप अनुसार वरिष्ठ डाक्टरले उनलाई जाती र आरक्षण कोटाबाट भर्ना लिएको विषयमा पटकपटक कमेन्ट गर्दै आएका थिए । उनलाई आराम गर्न नदिई घण्टौं काम गराउने परिवारको आरोप छ । सिनियर डाक्टरले उनलाई अपरेशन थिएटरमा काम गर्न नदिने पनि आरोप छ ।

तीनै आरोपी डाक्टर अहिले फरार छन् । पुलिसले उनीहरुविरुद्ध आत्महत्याको लागि उक्साएको, एन्टी र्यागिङ एक्टलगायत अन्य मामलामा मुद्दा दर्ता गर्दै उनीहरुको खोजी गरिरहेको छ । २६ वर्षकी पायल महाराष्ट्रको जलगांजमा बस्थिन् ।

मिडिया रिपोर्टका अनुसार महाराष्ट्र असोसिएशन अफ रेजिडेन्ट डाक्टर्स (एमएआरडी) का एक प्रतिनिधिले २२ मेमा पायलले तीन शल्यक्रिया गरेको बताए । उनका अनुसार कुनै तनावमा नदेखिएकी पायल शल्यक्रिया पछि आफ्नो कोठामा गइन् । आफ्नो स्कार्फलाई पङ्खा बनाएर फाँसीमा चढिन् ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्