Logo
१२ श्रावण २०८१, शनिबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या

दुल्लु : दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो ।

महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ । हत्या कसले र किन ग¥यो भन्नेबारे खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।

घटनामा संलग्नहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्