Logo
२८ जेष्ठ २०८२, मंगलबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतगणना चलिरहँदा मुस्लिम परिवारमा जन्मेका छोराको नाम नरेन्द्र मोदी

भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहँदा जन्मेका एक शीशुको नाम अभिभावकले नरेन्द्र दामोदर दास मोदी राखेका छन् ।मतगणनाका दिन अर्थात २३ मे मा उत्तरप्रदेशको गोडामा एक मुस्लिम परिवारमा बच्चाको जन्म भएको थियो ।

उनकी आमाले आफ्ना छोराको नाम नरेन्द्र दामोदर दास मोदी राखेकी हुन् । बच्चाकी आमाले छोरा जन्मेपछि दुबईमा रहेका आफ्ना श्रीमानलाई फोन गरेकी थिइन् ।

फोनका क्रममा श्रीमानले ‘नरेन्द्र मोदी आएका हुन?’ सोधेका थिए । ‘यसपछि मैले छोराको नाम नरेन्द्र दामोदर दास राख्ने निर्णय गरेकी हुँ’, ती महिलाले पत्रकारहरुसँग भनेकी छन् ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्