Logo
२२ बैशाख २०८१, शनिबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भावुक बनेर राहुल गान्धीले भने-‘नेताहरुले पार्टी भन्दा छोराको हितलाई महत्व दिए’

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टीका वरिष्ठ नेताहरु कमलनाथ, अशोक गहलोत र पी. चिदम्बरम जस्ता नेताले आफ्ना छोराहरुलाई पार्टीको हित भन्दा पनि माथि राखेको बताएका छन् ।

टाइम्स अफ इन्डियामा छापिएको खबर अनुसार नेताहरुले पार्टीको हित भन्दा आफू र आफ्नो वरपरकाको हितलाई ध्यानमा राखेकाले समस्या भएको बताएका हुन् ।

अध्यक्ष राहुल गान्धीले पार्टीका नेताले आफूले उठाएका मुद्दालाई अघि बढाउन या तल्लो तहसम्म लैजान नसकेको बताएका छन् ।

नेता ज्योतिरादित्य सिंधियाले कांग्रेसमा स्थानीय स्तरमा सक्रिय र मजबुद नेताको खाँचो रहेको बताएपछि राहुल गान्धीले यस्तो बताएका हुन् ।

पार्टीको सरकार रहेको राजस्थान तथा मध्य प्रदेश जस्ता राज्यमा पनि लोकसभा चुनावमा पराजित हुनुको कारण स्थानीय नेताहरुको कमजोरी रहेको राहुलले बताएका हुन् ।

मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथ र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले आफ्ना छोरालाई टिकट दिलाउन जिद्दि गरेको राहुलले दाबी गरेका छन् । उनीहरुलाई टिकट दिने अवस्थामा आफू नरहेको भए पनि जिद्दिका कारण बाध्य भएको उनको भनाई छ ।

चुनावी हारका बारेमा समीक्षा गर्न शनिबार बसेको कांग्रेसको वर्किङ्ग कमिटिको बैठकमा राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए । तर पार्टीका वरिष्ठ नेताहरुले त्यसलाई सीधै अस्वीकार गरे ।

राहुलले आफ्नो राजीनामाको प्रस्ताव गर्दा बैठकको माहोल  खबरमा उल्लेख गरिएको छ । पार्टीका नेताहरुले उनलाई मनमा सानो नपार्न आग्रह गरेको पनि उल्लेख छ ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्