Logo
५ असार २०८१, मंगलबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बरुण र नताशाले डिसेम्बरमा बिहे गर्ने पक्का

बलिउड नायक बरुण धवन चलचित्रसँगै आफ्नो प्रेम जीवनका कारण पनि चर्चामा छन् । अझ पछिल्लो समय उनको बिबाहको कुराले मिडियामा धेरै स्थान पाइरहेको छ ।

बलिउड मिडियाका अनुसार उनीहरुले बिबाहको मिति पक्का गरिसकेका छन् । बरुण र नताशाको परिवार बसेर आगामी डिसेम्बरलाई बिबाहको मिति पक्का गरेका छन् । खबरका अनुसार उनीहरुले गोवाको समुन्द्री किनारामा बिबाह गर्ने तयारी गरिरहेका छन् । जहाँ दुई परिवार र बलिउडका केही कलाकारहरु मात्र उपस्थित हुनेछन् । बिबाहपछि उनीहरुले मुम्बाईमा रिसेप्सन पार्टी गर्नेछन् ।

हाल बरुण धवन चलचित्र ‘स्ट्रिट डान्सर ३’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा बरुणले नायिका श्रद्धा कपुरसँग जोडी बाँधेका छन् । यो चलचित्रको छायांकनपश्चात् बरुणले ‘कुल्ली नम्बर १’ मा साराअली खानसँग रोमान्स गर्नेछन् ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्