Logo
१२ श्रावण २०८१, शनिबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद नक्कली भारु ७ करोड ६७ लाख

काठमाडौं : शुक्रबार दिउँसो त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थलबाट बरामद गरेको नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

ठूलो परिणाममा नक्कली भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेको प्रहरीले सार्वजनिक गरेको थियो । दुई वटा व्रिफ केसमा बरामद नोट गणना गरेपछि प्रहरीले परिणाम सार्वजनिक गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार ती नोटसहित पक्राउ पर्नेमा पाकिस्तानी नागरिकमा नासिर उद्दिन, मोहमत अतर र नादिया अम्बर छन् । उनीहरुलाई लिन युनुस अन्सारीसहित ३ जना विमानस्थल पुगेका थिए । उनीहरु कतार एयरवेजबाट पाकिस्तानबाट नेपाल आएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो । केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेसनल टेलिभिजनका सञ्चालकसमेत थिए ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्