Logo
६ जेष्ठ २०८१, आईतबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा भीषण आँधी : ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

वासिङ्टन :  अमेरिकाको मिजौरी राज्यमा आएको भीषण आँधीका कारण जनधनको ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारकर्ताहरुले घरदैलोमा पुगेर स्थानीयबासीको उद्धार र खोजी कार्य जारी राखेको बताइएको छ । आँधीका कारण मिजौरीको गोल्डेन सिटीमा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजौरीको राजधानी शहर जेफरसन सिटीमा पनि क्षतिको आँकलन गर्ने कार्य जारी रहेको छ । राष्ट्रिय जलवायु सेवाले आँधीका कारण व्यापक क्षति गरेको जनाएको छ ।

मिजौरीका गभर्नर माइक पार्सोनले ट्वीट गर्दै गएरातिको वर्षासहितको ठूलो आँधीले राज्यमा व्यापक नोक्सान भएको बताएका छन् । आँधीले जेफरसन सिटीका कैयौं घर भत्काएको, पर्खाल ढालेको र छाना उडाएको छ । सडकमा रुख र बिजुलीका पोल ढलेर माकुराको जालो जस्तै भएको छ ।

आँधीले गरेको क्षतिको पूर्ण विवरण आउन अझै कैयौं दिन लाग्नेछ । आँधी पीडित झण्डै २० जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । आँधी करिब २५७ किलोमिटर प्रति घण्टाको बेगमा आएको जलवायु संस्थाले जनाएको छ । (एएफपी)

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्